भूमिहीनको समस्या समाधान स्थानीय सरकारबाटै हुनुपर्छ : अध्यक्ष रिजाल

रामेछाप । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि हीनको समस्या सावधान स्थानीय सरकारबाटै हुनुपर्ने बताउनुभएको छ ।

भूमि समस्या समाधान आयोग रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले यस्तो बताउनुभएको हो ।
भूमि समस्या समाधानका लागि सबै भन्दा बढी स्थानीय सरकार जिम्मेवार भएकाले समस्याको समाधान पनि स्थानीय सरकारबाट हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “भूमि समस्या समाधानका कामहरूमा सिफारिस देखि जमिन नाप जाँच सम्म स्थानीय सरकारकै हुन्छ । भूमि आयोगले सहजीकरणको काम गर्छ । यो समस्या स्थानीय सरकारबाटै दीर्घकालीन रूपमा समाधान हुनुपर्छ ।”

Advertisement

भूमि आयोगले स्थानीय तहमा गरेका कुनै पनि काममा विवाद नआउने गरी काम गर्न जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । बाग्मती प्रदेश सभाका सदस्य तथा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले भूमि हीन समस्या समाधानका लागि तीन तहकै सरकारले नीति र नियम टेकेर काम गर्न सुझाव दिनुभयो ।

सबै संरचना व्यवस्थापन गर्दा राज्यलाई आर्थिक भार हुने भएकाले स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरी काम गर्नु पर्नेमा उहाँको जोड छ । भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतम लामाको अध्यक्षतामा भएको कार्यक्रममा रामेछापका आठ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञ सदस्य डा. जगत् बस्नेतले भूमि समस्या समाधान आयोगले गर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च