रामेछाप । राष्ट्रिय अपाङ्गता संगठन नेपाल रामेछापको अध्यक्षमा बमबहादुर बरुवाल चयन हुनुभएको छ । सोमबार सदरमुकाम मन्थलीमा संगठनका केन्द्रीय उपाध्यक्ष रेसम लामाको प्रमुख आतिथ्यता सम्पन्न दोस्रो जिल्ला सम्मेलनले बरुवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ नेतृत्वको उपाध्यक्षमा सुदिप चालिसे र गीता कर्माचार्य, सचिवमा राजकुमार बस्नेत, सह–सचिवमा राज कुमार मानन्धर र कोषाध्यक्षमा सुजन कार्की चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा जुना बस्याल, चुँडा बहादुर कार्की र तिलक रैकामगर चयन हुनुभएको छ ।
प्रतिक्रिया