रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रामेछापको सञ्चालक तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा पत्रकार नवराज पथिक घिमिरे मनोनीत हुनुभएको छ ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको फागुन २१ गतेको मन्त्री स्तरीय निर्णय अनुसार पत्रकार पथिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रामेछापका अध्यक्षमा मनोनीत हुनुभएको हो । पथिक साढे दुई दशकदेखि रामेछाप जिल्लामा रही पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँ मानवअधिकार कर्मी पनि हुनुहुन्छ ।
Advertisement
पथिक अहिले रामेछाप सदरमुकाम मन्थलीबाट प्रसारित रेडियो इनर्जी १०६.२ मेघाहर्जका प्रबन्धक निर्देशक हुनुहुन्छ । त्यसै गरी सइनराज खबरको सम्पादक तथा अभिन्युज टेलिभिजनको रामेछाप जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
आफ्नो कार्यकालमा ठाउँ विवादकै कारण लामो समयदेखि बन्न नसकेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको भवन निर्माणको योजनालाई सार्थकका दिई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवालाई थप व्यवस्थित र प्रभाकारी बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
Advertisement
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकाको सदस्य लक्ष्मी श्रेष्ठ मनोनीत हुनुभएको छ ।
प्रतिक्रिया