भोलि र पर्सि मन्थलीमा फोनिज बागमती प्रदेशको तेस्रो महाधिवेशन, तयारी पुरा

रामेछाप । चैत १ र २ गते रामेछाप सदरमुकाम मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती (नेवा–ताम्सालिङ) प्रदेशको तेस्रो महाधिवेशन हुँदै छ ।

सदरमुकाम मन्थली स्थित तीनलाल पार्कमा हुन गइरहेको महाधिवेशनको तयारी लगभग पुरा भएको फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार भोलि चैत १ गते शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन सत्र सञ्चालन हुनेछ । शुक्रवार बिहान ११ बजेदेखि मन्थली स्थित देवकोटा चोकबाट र्‍याली आयोजना गरिने उहाँले बताउनुभयो । उक्त र्‍याली मन्थली बजार परिक्रमा गरी तीनलाल पार्कमा पुगेपछि महाधिवेशनको उद्घाटन सत्र सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
त्यसपछि पर्सि चैत २ गते शनिवार महाधिवेशको बन्द सत्र सञ्चालन हुनेछ ।

बन्द सत्रले फोनिज बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । महाधिवेशनका लागि अतिथि तथा विभिन्न जिल्लाबाट फोनिजकर्मीहरु मन्थली आउने क्रम जारी रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो महाधिवेशनका लागि १५० जना भन्दा बढी अतिथि तथा फोनिजकर्मीहरु मन्थली आउने उहाँले बताउनुभयो ।

Advertisement

महाधिवेशनमा बागमती प्रदेशभरका क्रियाशील आदिवासी जनजाति पत्रकारहरूको सहभागिता रहनेछ । आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरूलाई एकसुत्रमा आबद्ध गरी व्यावसायिक नेतृत्व प्रदान गर्ने र पेसागत हक, हितको संरक्षण गर्ने उद्देश्यले गठन भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मा जातीय पत्रकारहरूको संस्था पनि आबद्ध रहेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च