हेटौंडा । बागमती प्रदेश सरकारको विकास खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा बागमती प्रदेश सरकारले चालु तर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च गरेको हो ।
प्रदेश सरकारले समग्रमा कूल बजेटको २५ दशमलव ६२ प्रतिशत मात्रै खर्च गरेको छ। प्रदेश सरकारको विकास खर्च निकै कमजोर देखिएको छ।
Advertisement
चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बराबरको बजेट ल्याएकोमा फागुनसम्म १० अर्ब ५० करोड २९ लाख नौ हजार बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालले जानकारी दिनुभयो ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले नौ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
Advertisement
यस्तै, प्रदेश सरकारले आठ महिनामा २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारकोा राजास्व संकलन पनि वर्षेनी घट्दै गएको छ ।
प्रतिक्रिया