फेसबुकमा भावुक स्टाटस लेखेर मन्थलीबाट सम्पर्क विहीन भएका युवक मृत भेटिए

रामेछाप । फेसबुकमा भावुक स्टाटस लेखेर ६ दिनअघि सम्पर्क विहीन भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–७ मझुवाका २६ वर्षीय शिव शरण विक रामेछापमा मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार विक चैत १० गते आइतबार राति फेसबुकमा भावुक स्टाटस लेखेर रामेछाप सदरमुकाम मन्थलीबाट सम्पर्क विहीन भएका थिए । विक हराएको भोलिपल्टबाट जिल्ला प्रहरी कार्यालय रामेछापले खोजी गरिरहेको थियो ।

Advertisement

प्रहरीले खोज्ने क्रममा शुक्रवार बिहान मन्थली नगरपालिका–६ भलुवाजोरको बोक्से पहरा भिरमा विकको लास फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बोक्से पहराको अप्ठेरो भिरमा लास भेटिएको र विकले चढेको बा २६ प ६०५९ नम्बरको मोटरसाइकल पनि लास नजिकै भेटिएको छ ।

Advertisement

प्रहरीले खोजी गर्ने क्रममा चैत ११ गते बिहान आइतबार लास भेटिएको बोक्से पहरामाथि मन्थली खुर्काेट सडक खण्डमा विकको मोबाइल, हेलमेट, पर्स लगायतका सामाग्री फेला पारेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च