रामेछाप । रामेछापबाट विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको कार दुर्घटनामा परेको छ ।
मंगलबार बिहान सदरमुकाम मन्थलीबाट २ जना फ्रान्सेली पर्यटक लिएर काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित गोगनपानी सडक खण्ड अन्तर्गत चहरि खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेको कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया