हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास रहेको उल्लेख गर्दै पत्रकारिता जनविश्वासको आधार बन्नु पर्ने धारणा व्यक्त गरेका छन्।
मंगलवार हेटौंडामा सम्पन्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो प्रादेशिक भेलामा सम्बोधन गर्दै उनले भने, “हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौं। नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना पाउनु अत्यावश्यक छ। यसले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ।”
Advertisement
मुख्यमन्त्री लामाले कानुन निर्माण गर्दा अत्यन्त सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै भने, “कानुनको मर्म बुझ्ने र व्याख्या गर्ने निकायले कहिलेकाहीँ अर्थलाई उल्टो सीधो बनाउँछन्, जसले समस्या सिर्जना गर्छ।”
उनले प्रदेश सरकारले अघि सारेका काम र योजनाहरू आवश्यकताअनुसार नपहिचानिँदा अपेक्षित परिणाम नआएको स्वीकार गरे। “उत्पादनमुखी क्षेत्रमा लगानी हुन सकेन, जुन हाम्रो कमजोरी रह्यो,” उनले भने, “सरकारले हात हालेका धेरै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएन।”
Advertisement
कार्यक्रममा मुख्यमन्त्री लामाले पत्रकारहरूलाई समाजका सबै तह र कुनामा पुग्न सक्ने सामर्थ्यका रूपमा चित्रण गरे। “जहाँ कोही पुग्दैन, पत्रकार पुग्नुपर्छ,” उनले भने, “जनताको आवाज त्यहीँबाट उठ्छ, जहाँ राज्यको नजर कम पर्छ ।”



























प्रतिक्रिया