हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा जम्मा ३ करोड ८७ लाख ३४ हजार रुपैयाँ मात्र खर्च गरेको छ ।
प्रदेश सरकारले यो वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनामा प्रदेश सरकारले कुल बजेटको ०.०६ प्रतिशत मात्र खर्च गर्न सकेको हो ।
Advertisement
चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाखमध्ये ३ करोड १५ लाख ३४ हजार (०.१२ प्रतिशत) खर्च भएको छ भने पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाखमध्ये ७२ लाख रुपैयाँ (०.०२ प्रतिशत) मात्रै खर्च भएको छ ।
प्रदेश सरकारअन्तर्गतका १४ मन्त्रालय, आयोग तथा कार्यालयमध्ये सबैभन्दा बढी खर्च प्रदेश लोक सेवा आयोगले गरेको छ । आयोगले विनियोजित बजेटको ७.१० प्रतिशत प्रयोग गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ५३ करोड ८० लाख ५८ हजार बजेटमध्ये १५ लाख ६२ हजार रुपैयाँ (०.२८ प्रतिशत) खर्च गरेको छ । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले २१ करोड ९५ लाख ६१ हजार बजेटमध्ये २० लाख ४९ हजार (०.९३ प्रतिशत) खर्च गरेको छ भने उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले ७७ करोड ९६ लाख ६२ हजार बजेटमध्ये अहिलेसम्म कुनै खर्च नगरेको विवरण सार्वजनिक भएको छ ।



























प्रतिक्रिया