हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १० लाखभन्दा माथिका सबै योजना अब टेण्डर प्रक्रियामार्फत मात्रै कार्यान्वयन हुने स्पष्ट गर्नुभएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा व्यापक समस्या र गुनासो बढेकाले यस्तो व्यवस्था अनिवार्य गरिएको जानकारी दिनुभयो ।
Advertisement
प्रदेशसभाबाट पारित निर्णयअनुसार अब १० लाखसम्मका योजना उपभोक्ता समितिमार्फत र सोभन्दा माथिका योजना भने टेण्डरमार्फत अघि बढाइनेछ । यसअघि केही मन्त्रालयले गत वर्षदेखि नै यो प्रक्रिया अपनाइसके पनि अब सबै मन्त्रालयका लागि बाध्यतामूलक हुने भएको छ ।
गत वर्ष बजेट विनियोजनका क्रममा योजना पास गर्नकै लागि १० प्रतिशतसम्म रकम असुलिएको आरोप लागेका बेला मुख्यमन्त्रीको यो निर्णयले सेटिङमार्फत ल्याइएका योजनाहरु संकटमा पर्ने देखिएको छ ।



























प्रतिक्रिया