मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामा उपसभामुखलाई बुझाउनुभएको हो ।
पाठकले गएको भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा ‘जेन–जी’ अभियानले गरेको प्रदर्शनमा राज्यको अस्वाभाविक बल प्रयोगका कारण युवाहरूले ज्यान गुमाउनुपरेको घटनाले आफू गहिरो पीडामा परेको बताउनुभयो ।
Advertisement
“राष्ट्र रोइरहेको बेला नेपाली नागरिकको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित ठानें,” पाठकले आफ्नो राजीनामामा उल्लेख गर्नुभएको छ ।
उहाँले भदौ २४ गते नै राजीनामा दिने घोषणा गर्नुभएको भए पनि आज औपचारिक रूपमा राजीनामा बुझाउनुभएको हो । पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक कोटाबाट प्रदेशसभा सांसद निर्वाचित हुनुभएको हो ।
Advertisement




























प्रतिक्रिया