२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री त्यागेर अरु नेतालाई अगाडि बढाउन सुझाव दिएका छन् ।
Advertisement
राजधानीमा जारी विधान महाधिवेशनमा नेता दाहालले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएकाले अध्यक्ष प्रचण्डले नयाँ पहलकदमी लिनुपर्ने सुझाव पेश गरेका हुन् । समूह नम्बर ९ मा रहेका दाहालले सात बुँदे प्रस्ताव पेश गर्दै फराकिलो कम्युनिष्ट अन्तर्राष्ट्रिय निर्माणको पहल लिनुपर्ने सुझाव दिएका हुन् ।
प्रतिक्रिया