३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेको बताएका छन् ।
खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौं।’
प्रतिक्रिया