रामेछाप । रामेछाप जिल्लामा २०७२ सालको महाभूकम्पपछि निर्माण सुरु भएका धेरै स्वास्थ्य संस्थाहरूको भवन निर्माणको काम अलपत्र जस्तै छन् । जिल्लाका विभिन्न स्थानमा १५ महिनामा काम सक्ने गरी २०७८ असारबाट १९ वटा भन्दा बढी नयाँ स्वास्थ्य चौकी भवन निर्माणको काम सुरु भएको थियो । तर ती अधिकांश स्वास्थ्य चौकी भवनहरू निर्माण सुरु भएको तीन वर्ष पुग्न लाग्दा समेत बन्न सकेका छैनन् ।
। जसका कारण स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको छ । अधिकांश निर्माणाधीन स्वास्थ्य संस्थाको भवन समयमै काम नभएर अलपत्र जस्तै बन्दा सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालको निर्माणको कामले भने तीव्रता पाएको छ । यो अस्पताल निर्माणको काम पनि २०७९ असारदेखि पुससम्म ६ महिना रोकिँदा अलपत्र बनेको थियो । निर्माण सुरु भएर काम रोकिँदा यो अस्पताल निर्माणको भौतिक प्रगति २० प्रतिशत भन्दा मुनि थियो । बिरामीको अत्यधिक चाप हुने मन्थली अस्पतालको भवन निर्माणको काम लामो समय अलपत्र परेपछि स्थानीय निर्माण व्यवसायी सजन श्रेष्ठले अस्पताल भवन निर्माणको काम २०७९ पुस अन्तिमबाट सुरु गर्नुभएको थियो ।
अहिले चालु आर्थिक वर्ष २०८०÷०८१ को असारसम्म भवन हस्तान्तरण गर्ने गरी अस्पताल निर्माणको काम तीव्र गतिमा भइरहेको निर्माण व्यवसायी श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘‘अस्पताल निर्माणको काम लामो समय रोकिएर अलपत्र बनेपछि मैले जिम्मेवारी लिएर काम सुरु गरे । मैले काम सुरु गरे देखिनै निर्माणको कामलाई तीव्रता दिएको छु । अस्पताल निर्माणको ८० प्रतिशत काम सकिएकाले आउने असारसम्म हस्तान्तरण गर्ने योजना अनुरूप काम भइरहेको छ ।’’सुरुवाती चरणमा निर्माण व्यवसायी जिम्मेवार नबन्दा अस्पतालको भवन निर्माणको काममा ढिलाइ हुँदा अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा समस्या भएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ अस्पताल निर्माणमा निर्माण व्यवसायी गैर जिम्मेवार बन्दा लामो समय काम रोकियो । अहिले अस्पताल निर्माणको कामले गति लिएको छ । अहिलेकै गतिमा काम भएमा यहीँ आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न हुन्छ । भवन बनेपछि अस्पतालको सेवा विस्तार तथा प्रभावकारी बनाउन सहज हुनेछ ।’’
२०७९ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी २०७८ जेठ ३० गते मन्थली अस्पतालको नयाँ भवन निर्माणको सम्झौता भएको थियो । बागमती प्रदेश सरकारको लगानीमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछाप मार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँमा बन्ने गरी ठेक्का सम्झौता भएको थियो । यो अस्पतालको २०७८ भदौ १० गते शिलान्यास गरिएको थियो । मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा विकास गरी २०७८ माघदेखि मन्थली नगर अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ ।
मन्थली नगर अस्पताल निर्माणले तीव्रता पायो, आगामी असारसम्म हस्तान्तरण हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
2
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया