भारतसँगको चौथो टेस्टमा पहिलो दिन इंग्ल्याण्डले ३ सय २ रन बनायो

काठमाण्डौ । भारतसँगको चौथो टेस्टमा पहिलो दिन इंग्ल्याण्डले ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको छ । राँचीमा टस जितेर इंग्ल्याण्डले पहिला ब्याटिङ गरेको हो । उसका जोए रुटले शतक बनाएका छन् । रुटले एक सय ६ रनमा अविजित छन् । त्यस्तै ओली रविन्सनले ३१ रन जोड्दै रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको यो ३१ औं शतक हो । बेन फोक्स ४७, ज्याक क्रेवेलले ४२, जोनी बेयरस्टोक ३८ रनमा आउट भए । त्यस्तै टोम हाटर्लीले १३, बेन डकेटले ११ रन जोडे । कप्तान बेन स्टोक्स ३ रनमा आउट भए । डेब्यू गरेका भारतका आकाश दिपले ३ विकेट लिए । मोहम्मद सिराज, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान एक÷एक विकेट लिएका छन् । ५ टेस्टको श्रृखंलामा भारत २–१ ले अगाडि छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च