काठमाण्डौ । अमेरिकाले रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा गरेको छ । व्यक्ति र संस्थाहरूमाथि गरी पाँच सयभन्दा धेरै प्रतिबन्ध गरिएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत वा संस्थागत गरी झण्डै सय जतिलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ । अमेरिकाका पछिल्लो प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने स्पष्ट नरहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाइडनले युक्रेन आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझ ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
अमेरिकाले रुसमाथि थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्ध लगायो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया