काठमाडौं । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ । पत्रकार सम्मेलनमा बोल्दै बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पु¥याएको भएको बताउनुभयो । उहाँले जाजरकोटमा दादुरा–रुबेला खोप लगाउने बालबालिकाहरुको संख्या ८८ हजार ३४४ रहेको बताउनुभयो । उहाँले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पु¥याएको बताउनु भयो । उहाँले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको संख्या ५० हजार ४ सय ८७ रहेको बताउनुभयो ।
देशभर फागुन १३ देखि चैत्र ७ गतेसम्म दादुरा–रुबेला खोप अभियान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया