काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, आज बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र त्यसले देशभर मौसम आंशिक बदलीदेखि छिटपुट वर्षा हुनसक्ने मौसमविद्को भनाइ छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारण बदली हुनेछ । त्यस्तै बाँकी भूभागमा भने मौसम सफा रहने मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक,दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा थोरै ठाउँ तथा कोशी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहानीपख तराई, मधेशमा हुस्सु लागेको भए पनि दिउँसो १२ बजेसम्ममा हटिसक्ने पनि महाशाखाले जनाएको छ ।
भोलिदेखि तीन दिन आंशिक बदली तथा छिटपुट वर्षाको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया