३४ विमानस्थलमा नेपाल टेलिकमको निःशुल्क इन्टरनेट सेवा

काठमाण्डौ । नेपाल टेलिकमले ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपालभित्र सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच हिजो निःशुल्क इन्टरनेट सेवाबारे सहमति भएको हो । सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा चरणबद्ध रुपमा फ्री वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ । त्यसैगरी विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त ठाउँमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायताकक्ष स्थापना गरिने टेलिकमले निकालेको विज्ञप्तिमा उल्लेख छ । फ्री वाइफाइ नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त ठाउँ उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक काम प्राधिकरणले गर्नेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च