काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र पालिकामा पठाउनुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो । कनिका छरे जसरी बजेट निर्माण गर्दा विकास र समृद्धि हासिल गर्न नसकिने उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दिनुभयो । यो सरकारको क्षेत्राधिकार भएकाले प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने प्रचण्डको भनाइ छ । अब हुने मन्त्रिपरिषद् बैठकपछि सरकारका तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गरिने भएकाले ती विधेयक पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
तीन करोड भन्दा कम लागतका योजना प्रदेश र पालिकामा पठाउँछौँ : प्रधानमन्त्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया