जल पर्यटन प्रवर्धनको लागि सुनकोसीमा र्‍याफ्टिङ

रामेछाप । सुनकोसीमा र्‍याफ्टिङ सेवा सञ्चालनमा आएको छ । जल पर्यटन प्रवर्धनको लागि रामेछापको सुनकोसी–सुनापति–लहरे माने पर्यटकीय संरक्षण क्षेत्र नामक संस्थाले र्‍याफ्टिङ सेवा सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमका बिच सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले ¥याफ्टिङ सेवाको शुभारम्भ गर्नुभयो । सुनापति गाउँपालिकाको च्याडीटारबाट रामेछाप, सिन्धुली र काभ्रेको सङ्गम रोशीको सङ्गमसम्म जलयात्रा गरिएको थियो । र्‍याफ्टिङ सञ्चालनले जल पर्यटनको विकासका साथै सो क्षेत्रमा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘गाउँपालिकाले सरोकारवालासँग समन्वय गरेर पर्यटन प्रवर्धनको आवश्यक काम गर्छ । काठमाडौँको नजिकै भएको कारण पनि सुनकोसीमा जल पर्यटनको राम्रो सम्भावना छ । दीर्घकालीन रूपमा र्‍याफ्टिङ सञ्चालन गर्न गाउँपालिका लाग्नेछ ।’’ सुनकोसीमा आएर र्‍याफ्टिङ यात्राको मज्जा लिन उहाँले सबैलाई आह्वान पनि गर्नुभयो ।
सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा पर्यटन प्रवर्धनको लागि र्‍याफ्टिङ सञ्चालन गरिएको सुनकोसी–सुनापति–लहरे माने पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राजकुमार मैनालीले बताउनुभयो । ‘स्थानीय स्तरमा पर्यटकको आवागमन बढाउन विभिन्न काम गर्दै आएको संस्थाले जल पर्यटन विकासको लागि काम सुरु गरेको छ, सुनकोसीको र्‍याफ्टिङसँगै आन्तरिक र बाह्य पर्यटकले शैलुङसम्मको यात्रा गर्न सक्छन्’,उहाँले भन्नुभयो । स्थानीय स्तरमा पर्यटनको आवागमन बढाउन संस्थाले सुनापति गाउँपालिकामा यस अघि प्याराग्लाइडिङको पनि सफल परीक्षण गरिएको गरेको अध्यक्ष मैनालीले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च