सिन्धुली । सिन्धुलीमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र मोहन वैद्य नेतृको माओवादी पार्टी एमालेमा समाहित भएका छन् । शनिबार एमालेमा समाहित हुने दुवै पार्टीको सिङ्गो जिल्ला कमिटीलाई एमाले उपमहासचिव विष्णु रिमालले पार्टीमा स्वागत गर्नुभएको हो । कम्युनिष्ट पार्टी भिन्न नाममा विभाजित हुँदा मुक्ति आन्दोलन सफल हुन नसक्नै भन्दै उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तबहादुर विकको नेतृत्वमा सिङ्गो जिल्ला कमिटी एवं चित्रबहादुर केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आबद्ध ४० भन्दा बढी नेताहरू एमाले प्रवेश गर्नुभएको छ । त्यसै गरी मोहन वैद्य नेतृत्वको माओवादी वाग्मती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी पनि एमालेमा समाहित भएको छ । सहिद ऋषि देवकोटा आजादको ४३ औँ स्मृति दिवसको अवसरमा सिन्धुलीको मरिणमा आयोजित कार्यक्रममा उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । पार्टीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै उपमहासचिव रिमालले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मूलधार भएको बताउँदै सबैलाई कम्युनिष्ट पार्टीको मूलधारमा आउन आग्रह गर्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादको हाबी भएकोले सतर्क हुन आवश्यक रहेको बताउनुभयो ।
सिन्धुलीमा मसाल र मोहन वैद्य नेतृत्वको माओवादी पार्टी एमालेमा समाहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया