खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा गाउँ–गाउँमा स्वास्थ्यको पहुँच विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएका चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका छन् । २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष शंखरबहादुर राई र बिमला राई नेतृत्वको स्थानीय सरकारले स्थापना गरेका ६ वटामध्ये चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका हुन् । अहिले जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइ मात्र सञ्चालनमा छन् । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयको बाम्राङ सामुदायिक स्वास्थ्य इकाइ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ तथा जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको खुटा छिरुवाधारा सामुदायिक स्वास्थ्य इकाइ र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका हुन् । बन्द सामूदायिक स्वास्थ्य इकाइबाट गाउँघर क्लिलिक र खोप सेवा सञ्चालन हुने गरेको छ । राजनैतिक आग्रहपूर्वाग्रह राखेर स्वास्थ्य इकाइ बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेबाट निर्वाचित वडाध्यक्ष बिदुरमान राईको दाबी छ । ६ वटा वडा रहेको गाउँपालिकामा अहिले माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्ष हुनुहुन्छ ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया