रामेछाप । रामेछाप जिल्लाकै अत्यधिक मात्रामा बिरामीको चाप हुने मन्थली अस्पतालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिवार सञ्चालन भएको एक दिने विशेषज्ञ स्वास्थ्य शिविरमा २०७ जनाले सेवा लिएको मन्थली अस्पतालले जनाएको छ । शिविरमा १२१ जनाले नाक कान तथा घाटी र ८६ जनाले भिडियो एक्स–रे सम्बन्धी सेवा लिएको मन्थली अस्पतालका डा. समीर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार शिविरमा नाक कान तथा घाँटी सम्बन्धी समस्याहरू पिनास, रुघा लागिरहने, कान दुख्ने पाक्ने, पिप बगिरहने, कान कम सुन्ने र टनसिल तथा घाँटीको सम्बन्धी समस्याहरूको जाँच तथा उपचार गरिएको थियो । त्यसै गरी रेडियोलोजी विशेषज्ञ तर्फ भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो । स्वास्थ्य बिमाको सेवाग्राहीलाई बिमाबाट औषधि उपलब्ध गराइएको थियो । मन्थली नगरपालिकाले वार्षिक कार्यक्रम अन्तरगत समय समयमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘आठ वटा पालिकाको केन्द्र मन्थली नगरपालिकाले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन विभिन्न योजना तथा कार्यक्रम बनाएको छ । नगरपालिकाले समय समयमा विशेषज्ञ सहितका यस्ता स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरिरहेको छ । यस्ता शिविरले नागरिकले आफ्नो गाउँघरमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाइरहेका छन् ।’’ मन्थली अस्पतालमा सञ्चालन भएको शिविरको मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठ लगायतका जनप्रतिनिधिहरूले निरीक्षण गर्नुभएको थियो ।
मन्थली अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर : २०० बढीले लिए सेवा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया