फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका समिप अर्याल मेटाको पहिलो नम्बरमा

काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई फेसबुकको मातृ संस्था मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको छ । मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो । नेपालकै विस्तृत दाहाल ७ औँ र सन्तबहादुर घर्तीमगर ९ औँ स्थानमा परेका छन् । एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएका कारण मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको अर्यालले फेसबुक पोष्टमा उल्लेख गर्नुभएको छ । ह्वाइट ह्याटलाई नैतिक सुरक्षा ह्याकरका रुपमा चिनिन्छ । यसअघि फेसबुकमा जुनसुकै एकाउन्ट एक क्लिक र शून्य क्लिकमै आफ्नो कब्जामा लिन सकिने कमजोरी थियो । त्यो पत्ता लगाएर जानकारी दिएका कारण मेटाले पहिलो नम्बरमा समेटेको उहाँको पोष्टमा उल्लेख छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च