विश्वकप क्रिकेट लिग–२ मा नेपाल नेदरल्यान्ड्ससँग नेपाल पराजित : घरेलु मैदानमा सबैभन्दा खराब नतिजा

काठमाडौँ । नेपालले निकै खराब नतिजाका साथ क्रिकेट विश्वकप लिग २ को पहिलो शृंखला टुंगाएको छ । कमजोर ब्याटिङ प्रदर्शनलाई नै निरन्तरता दिएको नेपाललाई आइतबार नेदरल्यान्ड्सले ८ विकेटले पराजित ग¥यो । नेपालले लिग २ को घरेलु शृंखलामा एउटा शृंखलामा दुई खेल जित्न नसेकेको यो पहिलो अवसर हो । सन् २०२० मा अमेरिका र ओमानविरुद्धको लिग २ को घरेलु शृंखलामा नेपालले २ खेलमात्र जित्न सकेको थियो । नेपालले ओमानसँगको दुवै खेलमा पराजय बेहोरे पनि अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो । त्यसपछि नेपालले २०२३ मा स्कटल्यान्ड र नामिविया तथा यूएई र पपुवा न्यु गिनीविरुद्धको लिग २ को दुई फरक शृंखलाको सबै ८ खेल जितेर ‘क्लिन स्विप’ गरेको थियो । २०१९–२३ को लिग २ को साइकलमा घरेलु मैदानमा खेलिएको १२ मध्येको १० खेल जितेर नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाएका थियो । विक्रमजित सिंह र सिब्रान्ड इन्गेलब्रेक्टले तेस्रो विकेटमा १ सय २ रनको अविजित साझेदारी गरेपछि नेदरल्यानड्सले १ सय ७३ रनको लक्ष्य ३७.४ ओभरमै पुरा गर्यो । विक्रमजितले ९२ बल खेली ७ चौकाका साथ ५८, इन्गेलब्रेक्टले ७५ बल खेली ३ चौका प्रहार गरे । म्याक्स ओ डड र माइकल लेभिटले ६१ रनको साझेदारी गरि नेदरल्यान्ड्सलाई राम्रो सुरुआत दिलाएका थिए । दीपेन्द्रसिंह ऐरीको बलमा इन साइड एज लागेर नवौं ओभरमा बोल्ड भएका लेभिटले ३४ बल खेली ३ चौका र ४ छक्काका साथ ३९ रन बनाए । ओ डडलाई ललित राजवंशीले आउट गरे । उनले २६ बल खेली समान २ चौका र छक्काका साथ २८ रन बनाए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल ४९.३ ओभरमा १ सय ७२ रनमा अलआउट भएको थियो । नेपालले यस शृंखलामा तेस्रो पटक टस हारेको हो र सो क्रममा पहिला ब्याटिङ गर्दा बनाएको यो उच्च स्कोर हो । यसअघि नामिबियाविरुद्धको पहिलो दुई खेलमा नेपाल क्रमशः १ सय ३२ र १ सय ६८ रनमा अलआउट भएको थियो । पहिलो ८ ओभरमा विना क्षती ४१ रन बनाएको नेपालले ३० ओभर पुग्दा ९६–६ को स्थितिमा पुगेको थियो । आसिफ शेख आउट हुने पहिलो खेलाडी थिए । उनले २७ बल खेली २ चौका प्रहार गर्दै १७ रन बनाए । १ छक्का प्रहार गरेका अनिल शाह ११ बल खेली ७ र कुशल मल्ल २ रनमा आउट भएपछि नेपाल फेरि दबाबमा आएको थियो । कप्तान रोहित पौडेलले ओपनर कुशल भुर्तेललाई केहि राम्रो साथ दिन खोजे पनि पुनः गलत शट खेलेर आउट हुन पुगे । रोहितले ४० बल खेली २ चौकासहित १६ रन बनाए । दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भए भने भिम सार्कीलाई बास डी लिडले शुन्यमा बोल्ड गरे । सातौं खेलाडीको रुपमा आउट भएका भुर्तेलले ९३ बल खेली ८ चौका प्रहार गर्दै ६६ रन बनाए । गुलशन झा १७ बल खेली ५ रनमा आउट भए । यस शृंखलामा पहिलो खेल खेलिरहेका आरिफ शेखले २२ रन बनाए । उनले ५० बल खेली १ चौका प्रहार गरे । आठौं ब्याटरको रुपमा आएका उनी ४९ औं ओभरमा आउट भएका थिए । करण केसी २७ बल खेली २६ रनमा आउट भए । उनले ४९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए । अफ स्पिनर आर्यन दत्तले ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै १६ रन खर्चेका थिए । नेपालले नेदरल्यान्ड्ससँगको अघिल्लो खेलमा दत्तलाई ३ ओभरमा ४४ रन प्रहार गरेको थियो । भिभिएन किङ्मासँग नयाँ बल लिएर आएका देव्रे हाते स्पिनर रोइल्फ भान डेर मर्वीले १० ओभरमा १ मेडन राख्दै २३ रनमात्र खर्चेर १ विकेट लिए । किङ्माले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च