१९५ वर्ष पुरानो सत्तल–पाटीको पुनः निर्माण

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको गाईखुरामा श्री नर्मदेश्वर महादेवको मन्दिर छ । यो महादेव मन्दिर जिल्लाकै ऐतिहासिक धार्मिक स्थलमध्ये एक हो । स्थानीयका अनुसार यो मन्दिर २०० वर्ष भन्दा बढी पुरानो मन्दिर हो । तामाकोशी नजिकै रहेको यो मन्दिर आसपासमा बसोबास गर्नेमा माझी समुदायको बाहुल्यता छ । २०७२ सालको महाभूकम्पले क्षति गरेपछि अहिले यो मन्दिर नजिकै रहेको ऐतिहासिक सत्तल–पाटीको पुनः निर्माणको काम भइरहेको छ । पुरातात्त्विक विभागले मन्दिरमा रहेको सत्तल–पाटीको पुरातात्त्विक हिसाबले पुनः निर्माण गरिरहेको छ । स्थानीयका अनुसार यो नर्मदेश्वर मन्दिरको नाममा जग्गा जमिन छ । पुजारीले भोग चलन गरेको झन्डै पाँच रोपनी जग्गा पनि छ । यो महादेव मन्दिर र मन्दिरको नाममा रहेको जग्गाको संरक्षण गर्न अहिले चुनौती रहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मन्दिरको स्थानीय रविलाल पुरी पुजारी हुनुहुन्थ्यो । रविलाल पुरीको स्वर्गारोहण पछि यो मन्दिरमा अरू कोही पुजारी बसेका छैनन् । शिवरात्रि, हरितालिका तिज, ठुलो एकादशी लगायतका पर्वहरूमा दर्शनार्थीहरुको भिड लाग्ने यो महादेव मन्दिरमा पुजारी नभएपछि क्रमशः दर्शन गर्न आउनेहरू घट्दै गएको स्थानीय सानो बाबु पुरी बताउनुहुन्छ । सरोकारवाला निकायले बेवास्ता गर्दा महादेव मन्दिर, सत्तल–पाटी र यो मन्दिरको जग्गा जमिन संरक्षणमा समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘‘झन्डै २०० वर्ष पुरानो ऐतिहासिक यो महादेव मन्दिर र यसको जग्गा संरक्षण गर्न यहाँको समुदाय र स्थानीय सरकारको बढी दायित्व हो । तर यसको संरक्षणका लागि यहाँका समुदाय र स्थानीय सरकार जसरी लाग्नुपर्ने हो त्यसरी लाग्न सकेका छैन ।’’
यो नर्मदेश्वर मन्दिरको नजिकै रहेको सत्तल–पाटीमा राखिएको शिलालेखमा वि.स १८८५ सालमा निर्माण भएको उल्लेख । यो सत्तल–पाटीको अहिले पुरातात्त्विक विभागले पुनः निर्माण गरिरहेको छ । सत्तल–पाटी १८८५ मा निर्माण भएको शिलालेख रहेकाले यो महादेव मन्दिर त्यो भन्दा अगाडी नै निर्माण भएको हुनसक्ने स्थानीयको अनुमान छ। भूकम्पले क्षति गरेपछि मन्दिरमा रहेको सत्तल–पाटीको पुरातात्त्विक विभागले पुरातात्त्विक हिसाबले क्रमगत योजना अन्तरगत पुनः निर्माणको काम गरिरहेको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ बताउनुहुन्छ । मन्थली नगरपालिकाका प्रवक्ता समेत रहनुभएका श्रेष्ठले भन्नुभयो ‘‘ऐतिहासिक मठ मन्दिरको संरक्षण तथा प्रचार प्रसारमा मन्थली नगरपालिका गम्भीर रूपमा लागेको छ । अहिले गाईखुरामा श्री नर्मदेश्वर महादेवको मन्दिर नजिकै रहेको सत्तल–पाटीको पुरातात्त्विक विभागले क्रमगत योजना अनुरूप पुनः निर्माण गरिरहेको छ । यो आर्थिक वर्षमा ४३ लाखको काम भइसकेको छ ।’’

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च