काठमाण्डौ । युक्रेन युद्धमा अहिलेसम्म ३१ हजार सैनिकको ज्यान गएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो । उहाँले रुसलाई योजना बनाउन सजिलो हुने भएकाले घाइतेको विवरण दिन नचाहेको बताउनुभएको खबरमा उल्लेख छ । यसअघि रुसले ज्यान गुमाएका युक्रेनी सैनिकको सङ्ख्या अत्यधिक बढाएर भनेपछि यो तथ्य बाहिर ल्याइएको हो । रुसले एक लाख ५० हजार वा तीन लाख जनाको ज्यान गएको भनेर भ्रामक प्रचार गरेको युक्रेनको दाबी छ । राष्ट्रपति जेलेन्स्कीले ज्यान गुमाउने जति भए पनि त्यसले देशलाई ठूलो क्षति भएको बताउनुभएको छ ।
युक्रेन युद्धमा ३१ हजार सैनिक मारिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया