रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले नेकपा माओवादी विदेशीको दलाली गर्ने पार्टी भएको बताउनुभएको छ । नेकपा उमाले रामेछाप जिल्ला स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले माओवादीलाई विदेशी शक्तिले खुल्ला रूपमा प्रयोग गरेका दाबी गर्नुभयो । भारतीय नेताहरूले प्रचण्ड हाम्रो घोडा हो भनेर खुल्ला रूपमा भन्ने गरेका उहाँले टिप्पणी गर्नुभयो । ‘माओवादीले विदेशीको दलाली गर्छ, यो राष्ट्रघाती शक्ति हो’, उहाँले भन्नुभयो ।
पोखरेलले अहिले राजा आऊ देश बचाउ भन्दै केही मानिसहरू सडकमा निस्किएका बताउँदै नेपालका राजाहरू कहिल्यै पनि देशभक्त नभएका बताउनुभयो । राजा त्रिभुवन गरेको दिल्ली सम्झौताको कारण नेपालमा भारतीय हस्तक्षेप अझ बढेको र राजा महेन्द्रले कालापानीमा भारतीय सेना नै राख्न दिएर राष्ट्रघाती काम गरेका उहाँले बताउनुभयो । राजा आऊ देश बचाउ भन्नेलाई नेपाली जनताले यो जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । राजाहरूले आफ्नो वंश परम्परा जोगाउने काम बाहेक केही नगरेको उहाँले बताउनुभयो ।
राजा पृथ्वी नारायण शाह, रणबहादुर शाह र राज्यलक्ष्मीदेवी नेपालको भूमि एकीकरण गर्ने राजाहरू भएकोले उहाँहरूलाई राष्ट्रवादी नेताको रूपमा सम्मान गर्नु पर्ने भए पनि अन्य सबै राजाले आफ्ना वंश परम्परा मात्र जोगाउने काम गरेका उहाँले धारणा राख्नु भयो । ‘नेपालको राजनीति इतिहासमा भीमसेन थापा र केपी ओली मात्र राष्ट्रवादी नेता हो’, उहाँले भन्नुभयो ।
नेपालको २०६२÷०६३ सालको जनआन्दोलनको नेता नेकपा एमाले भएको उहाँले दबी गर्नुभयो । बन्दुकको नालबाट मात्र सत्ता प्राप्त गर्न सकिन्छ भन्ने माओवादीलाई लोकतान्त्रिक पद्धतिमा ल्याउने र राजतन्त्रको विकल्प नै नदेख्ने नेपाली कांग्रेसलाई गणतन्त्रको पक्षमा ल्याएर सो आन्दोलन सफल गराउने पार्टी नेकपा एमाले भएको पोखरेलले बताउनुभयो ।
पोखरेलले नेपालमा राजनीतिक क्रान्ति अझै नसकिएको बताउनुभयो । सामन्तवादीहरूले टाउको उठाउन खोजिरहेको बेला, अराजकता र अस्थिरतावादी मौलाउन लागेको बेला, विदेशी शक्तिले हस्तक्षेप गरिरहेको बेला राजनीतिक क्रान्ति सकियो भन्ने कुरा सान्दर्भिक नहुने उहाँको धारणा छ । नेपालमा राजनीतिकसँगै आर्थिक, सामाजिक क्रान्तिलाई एकैसाथ अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्र विदेशीको दलाली गर्ने पार्टी हो : आनन्द पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया