काठमाण्डौ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दैछन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी– २० शृङ्खला खेल्न लागेका हुन् । नेपालले आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रुपमा यो शृङ्खलालाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यो शृङ्खलाका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी–२० आई टोलीमा छैनन् । नेपालको टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा रहेका छन् ।
टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला आजबाट : पहिलो खेलमा नेपाल र नामिबिया खेल्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया