विवाद निरूपणमा मेलमिलाप केन्द्रको सक्रियता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको मेलमिलाप केन्द्रमा आएका विवादको वडा स्तरकै मेलमिलापकर्ताले मिलाउने गरेका छन् । गाउँपालिकाले ७ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा भएका विवादलाई वडा स्तरबाटै मिलाउने गरी व्यवस्थापन गरेको छ । पीडित पक्षले वडा मेलमिलाप केन्द्रमा निवेदन दिने र सोही निवेदनका आधारमा पीडक पक्षलाई डाकेर दुवै पक्षले छनोट गरेको सूचीकृत मेलमिलापकर्तामार्फत विवादमाथि छलफल गरेर दुवै पक्षलाई जितको महसुस हुने गरी मेलमिलाप कर्ताहरूले विवादको किनारा लगाउने गरेका छन् ।
उमाकुण्ड गाउँपालिकामा ७ महिनाको अवधिमा ४६ वटा विवादहरू मेलमिलापका लागि आएका छन् । यसरी आएका ४६ विवाद मध्ये ३८ विवाद मेलमिलाप केन्द्रमा आएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि माघ महिनासम्म उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिमा आठ वटा र वडाहरूमा रहेका मेलमिलाप केन्द्रमा ३८ वटा विवादहरू मेलमिलापका लागि आएको गाउँपालिकाको न्यायिक समितिले जनाएको छ ।
अहिलेसम्म न्यायिक समितिमा आएका ६ वटा र वडा तहका मेलमिलाप केन्द्रमा आएका सबै विवादहरू मेलमिलापका माध्यमबाट निरूपण गरिएको गाउँपालिकाका न्यायिक समितिका सदस्य कृष्णबहादुर सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘न्यायिक समिति र मेलमिलाप केन्द्रमा गरी ४६ वटा विवादहरू मेलमिलापका लागि आएका छन् । यसरी आएका आएका विवादहरूको प्रकृति हेर्दा जग्गा साध सिमाना, लेनदेन र गाली बेजतिका बढी छन् ।’’
अहिले उमाकुण्ड गाउँपालिको वडा स्तरमा रहेका मेलमिलाप केन्द्रहरूले निकै सक्रियता र प्रभावकारी रूपमा वडा तहमा उत्पन्न भएका विवादहरूको निरूपण गरिरहेको सुनुवारले बताउनुभयो । गाउँपालिकाको न्यायिक समिति र ७ वटै वडामा रहेका मेलमिलाप कर्ताहरूको क्षमता विकास गरी न्यायिक समितिले यो वर्ष बनाएको विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेको उहाँको भनाइ छ । कार्यविधिमा अझै एक रूपमा आउन नसक्दा न्यायिक समितिमा आएमा विवादहरूको समाधान गर्दै गर्दा विभिन्न चुनौतीहरू देखा पर्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरूमा आउने विवाद समाधानमा म्याद तामेली सम्बन्धी कार्यविधि कार्यान्वयनमा समस्या देखिएको उहाँको अनुभव छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च