फागुन १६ गते, काठमाण्डौ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी हुन् । पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।
नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि भोलि जोर्डनसँग खेल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया