फागुन १६ गते, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गरिरहेको छ । १४ वटा वडा रहेको यो नगरपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक व्यवस्थालाई व्यवस्थित गर्न प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ स्वीकृत भइ हाल कार्यान्वयनमा छ । नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ अनुसार ४१ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको व्यवस्थापन गरिसकेको छ । अहिले सात वटा माध्यमिक तह र सात वटा आधारभूत तहका विद्यालयका प्रधानाध्यापकको नियुक्तिका लागि प्रस्ताव आह्वान गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले फागुन १० गते सूचना प्रकाशन गरी इच्छुक योग्यता पुगेका शिक्षकहरूलाई २०८० फागुन ७ गतेदेखि १५ दिनको म्याद राखी प्रधानाध्यापकको जिम्मेवारी वहन गर्न चाहेको तीन वटासम्म विद्यालय उल्लेख गरी सूचना प्रकाशित भएको ७ दिनभित्र पेस गर्न अनुरोध गर्नुभएको छ । । यसअघि सोही कार्यविधि अनुसार प्रधानाध्यापक भइसकेका शिक्षकहरूले भने प्रस्ताव पेस गर्न नपाउने सूचनामा उल्लेख छ ।
माध्यमिक तहको विद्यालयको लागि माध्यमिक तहको स्थायी, करार तथा राहत, प्रदेश र सङ्घीय अनुदान एवम् नगर अनुदानमा नियुक्त भई कम्तीमा एक वर्ष पुरा भएको तथा शिक्षा शास्त्रमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरेको योग्यता तोकिएको छ । महिलाको हकमा भने नियुक्त भएको ६ महिना पूरा भए पुग्नेछ । त्यसै गरी स्थायी, करार वा राहत, प्रदेश र सङ्घीय अनुदान एवम् नगर अनुदानमा पाँच वर्षभन्दा बढी सेवा गरेका माध्यमिक तहका शिक्षकहरूले शिक्षा शास्त्र विषयमा स्नातक वा सोसरह उत्तीर्ण गरेकाले प्रस्ताव पेस गर्न सक्ने छन् । न्यूनतम सेवा अवधि एक वर्षभन्दा कम भएका शिक्षकहरूले प्रस्ताव पेस गर्न सक्ने छैनन् ।
आधारभूत तह (कक्षा १–८) को विद्यालयको लागि निम्न माध्यमिक तहको स्थायी, करार तथा राहत, प्रदेश र सङ्घीय अनुदान एवम् नगर अनुदान नियुक्त भई कम्तीमा एक वर्ष पुरा भएको तथा शिक्षा शास्त्रमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ । महिलाको हकमा मने नियुक्त भएको अवधि ६ महिना भए पुग्नेछ । स्थायी, करार वा राहत, सङ्घीय अनुदान एवम् नगर अनुदान पाँच वर्षभन्दा बढी सेवा गरेका निम्न माध्यमिक तहका शिक्षकहरूले शिक्षा शास्त्र विषयमा प्रवीणता प्रमाण पत्र तह वा कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको भए पनि प्रस्ताव पेस गर्न सकिने छ । न्यूनतम सेवा अवधि एक वर्षभन्दा कम भएका शिक्षकहरूले प्रस्ताव पेस पाउने छैनन् ।
त्यसै गरी आधारभूत तह (कक्षा १–३ र १–५) को विद्यालयको लागि प्राथमिक तहको स्थायी, करार तथा राहतमा नियुक्त भई कम्तीमा एक वर्ष (महिलाको हकमा ६ महिना ) पुरा भएको तथा शिक्षा शास्त्रमा प्रवीणता प्रमाणपत्र वा सोसरह उत्तीर्ण हुनुपर्नेछ । स्थायी, करार वा राहतमा ५ वर्षभन्दा बढी सेवा गरेका प्राथमिक तहका शिक्षकहरूले प्रस्ताव पेस गर्न सक्नेछन् भने न्यूनतम सेवा अवधि एक वर्षभन्दा कम भएका शिक्षकहरूले प्रस्ताव पेस गर्न सक्ने छैनन् ।
प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ अनुसार माध्यमिक र आधारभूत गरी ४१ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक व्यवस्थापन भइसकेको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘मन्थली नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न अभियान चलाएको छ । यहीँ अभियान अन्तर्गत पहिलो चरणमा ४१ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक व्यवस्थापन गरिएको छ । अब दोस्रो चरणमा बाकी १४ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त हुँदै छन् ।’’
खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ती गर्दै मन्थली नगरपालिकामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
2
2
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया