२६ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मुरारिप्रसाद खरेललाई सचिवका लागि पुनः सिफारिस गरेको छ । हाल आयोगको कायममुकायम सचिव रहेका खरेललाई १३ कात्तिकमा आयोगले मानवअधिकार सेवातर्फको विशिष्ट श्रेणीको सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।
तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रक्रिया नमिलेको भन्दै आयोगलाई पुनः सिफारिस गर्न भनेको थियो । फेरि आयोगले पुरानै प्रक्रियालाई नै पछ्याएर खरेलको मात्रै नमा सचिव बढुवाका लागि सिफरिस गरेको छ ।
प्रतिक्रिया