रामेछापमा एक हप्तामा दुई जना सुत्केरीको मृत्यु

रामेछाप । रामेछाप जिल्लामा एक हप्ताको अवधिमा दुई जना सुत्केरीले ज्यान गुमाएका छन् । यही वैशाख ५ गतेदेखि ११ गतेसम्मको अवधिमा एक महिलाको सुत्केरी हुन नसकेर ज्यान गएको छ भने अर्की एक महिलाको सुत्केरी पश्चात् ज्यान गएको छ ।
समयमै सुत्केरी हुन नसक्दा रामेछापको खाँडादेवी गाउँपालिका–७ थान्सिङकी ३३ वर्षीय कुमारी मगरको मङ्गलवार ज्यान गएको हो । मगरको सदरमुकाम मन्थली स्थित मन्थली नगर अस्पताल अस्पतालमा मृत्यु भएको हो । ढिला गरी अस्पताल ल्याइएका कारण मगरलाई बचाउन नसकिएको मन्थली नगर अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘हामी कहाँ दिउँसो १ बजेर ३६ मिनेटको समयमा बिरामी ल्याइएको थियो । २ ः ५० बजे उहाँको डेथ भयो । उहाँको अक्सिजनको मात्रा ३० प्रतिशत मात्रै थियो । सामान्यतया यस्तो अवस्थामा अक्सिजनको मात्रा ९० प्रतिशत भन्दा माथि हुनुपर्छ । बच्चाको धड्कन पनि कम थियो । हामीले आमा र बच्चा दुवैलाई बचाउने सकेको प्रयास ग¥यौँ । यहाँ सम्भव नभएपछि हेलिकप्टर मगाउने तयारी पनि ग¥यौँ । तर, बचाउन सकेनौँ ।’’
मङ्गलवार बिहान ४ बजे सुत्केरी बेथा लागेपछि मगरलाई घरबाट एम्बुलेन्स मार्फत खाँडादेवी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र टिमु लगिएको थियो । नर्मल अवस्थामा सुत्केरी हुन नसकेपछि टिमु प्राथमिक स्वास्थ्य केन्द्रले बिहान १० बजे मात्र सुत्केरी गराउन मन्थली अस्पतालमा रिर्फर गरेको बताइएको छ । स्वास्थ्य चौकीमा नर्मल सुत्केरी हुन नसकेपछि सुत्केरीलाई मन्थली अस्पतालमा रिर्फर गरिएको खाँडादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘बिहान ९ बजेसम्म अवस्थामा ठिकै थियो । अप्रेसन नै गर्नुपर्ने अवस्था सृजना भएपछि हामीले एम्बुलेन्स मार्फत मन्थली अस्पताल पठायौँ । तर सुत्केरीलाई बचाउन सकेनौँ।’’
यसअघि वैशाख ५ गते बुधवार लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँकी २८ वर्षीय सबिता सुनुवारको घरमै सुत्केरी पश्चात् ज्यान गएको थियो । सोही दिन बिहान सुत्केरी भएकी सुनुवारको रगत धेरै बगेका कारण ज्यान गएको लिखुतामाकोशी गाउँपालिकाकी उपप्रमुख दिपा पाख्रिनले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ यो घटनामा अलि हेलचेक्र्याइँ देखियो । डाक्टरले चैत २८ गते नै सुत्केरी हुने डेट दिएका रहेछन् । तर उहाँहरू त्यसको बेवास्ता गरेर बस्नु भयो । हाम्रो स्वास्थ्यकर्मीहरुले समयमै धोबी स्वास्थ्य चौकी वा मन्थली अस्पताल जानुस् भन्दा पनि मान्नु भएन । वैशाख ५ गते बिहान घरमै नर्मल अवस्थामा बच्चा जन्मिए पनि साथी झरेन । त्यसपछि अत्यधिक रगत बगेर सुत्केरीको मृत्यु भयो । यो सिङ्गो गाउँपालिकाको लागि यो दुखद घटना भयो।’’
उपाध्यक्ष पाख्रिनको अनुसार वैशाख ५ गते बिहान सुत्केरी बेथा लागेपछि लिखुतामाकोशी गाउँपालिका–१ दुरागाउँका वडा अध्यक्ष प्रदीप कुमार तामाङको पहलमा काठमाडौँ लैजान हेलिकप्टरको बन्दोबस्त समेत भइसकेको थियो । तर हेलिकप्टरको व्यवस्था गर्दा गर्दै घरमै नर्मल अवस्थामा सुत्केरी थियो । नर्मल अवस्थामा बच्चा जन्मिए पनि साथी नझरेकै कारण अत्यधिक मात्रामा रगत बगेर सुनुवारको ज्यान गएको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च