च्च रक्तचाप अहिले आम समस्या नै बनेको छ । हरेक पाँच जनामध्ये एकजनामा उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामी भेटिन्छन् । बिरामीको संख्या बढेसँगै सम्बन्धी व्यक्तिपिच्छे राय पनि सुनिन्छ ।
कतिपय भन्छन्, उच्च रक्तचापका बिरामीले यो खान हुन्न, त्यो खानुपर्छ ? यस्ता व्यक्तिलाई छिटो रिस उठ्छ ? तीतो खानेकुरा जति खायो त्यति रक्तचाप नियन्त्रण गर्छ ? लगायत यावत् कुरा धेरै सुनिन्छ । तर यस्ता कुरामा कतिको सत्यता छ त ?
Advertisement
यस्तै, उच्च रक्तचापसम्बन्धी केही भ्रम छन्, जुन पहिलेदेखि सुनिंदै आएको छ ।
भ्रम : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ ।
Advertisement
सत्य : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ भन्ने एउटा भ्रम मात्र हो ।
किनभने तीतो खानेकुराले केही क्षणको लागि मात्रै काम गर्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयको लागि मात्र हुन्छ । तर रक्तचापका बिरामीलाई औषधिले जस्तो तीतो खानेकुराले २४ घण्टा रक्तचापलाई नियन्त्रण गरेर राख्न सक्दैन ।
Advertisement
भ्रम : आयुर्वेदिक औषधिले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।
सत्य : धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिले खाइरहेको औषधि खान छाडेर आयुर्वेदिक औषधि खाएको भेटिन्छ । सबै कुरा खाएर हेर्न सकिन्छ । तर यस्ता औषधिमा विना जानकारी भर परेर मात्र खानु उचित हुँदैन । किनभने धेरैजसो औषधिमा अध्ययन तथा अनुसन्धान भएका छैनन् । कुनै औषधि निश्चित मात्रा भन्दा बढी खानु हुँदैन । त्यसैले रक्तचापको स्तर अनुसारको मात्रा उल्लेख भएको र प्रमाणित औषधि चिकित्सकको सल्लाहमा खानुपर्छ ।
भ्रम : रक्तचाप छ तर लक्षण नदेखिएसम्म औषधि खानुपर्दैन ।
सत्य : यो रक्तचापसम्बन्धी ठूलो भ्रम हो । रक्तचापलाई ‘साइलेन्ट किलर’को समस्या पनि भनिन्छ । यो अर्थ रक्तचाप बढ्नेबित्तिकै लक्षण देखिहाल्छ भन्ने हुँदैन । रक्तचाप बढ्ने ५० प्रतिशतमा मात्र लक्षण देखाउँछ । यस्तोमा लक्षणको आधारमा औषधि खाने कि नखाने भन्ने हुँदैन । औषधि खाने कुरा रक्तचापको स्तर कति छ त्यसअनुसार तय हुन्छ । त्यसैले लक्षण कुरेर बस्नु हुँदैन ।
प्रतिक्रिया