रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका लोकेन्द्र श्रेष्ठ जिल्लाको एक सफल उद्यमीमा गनिनुहुन्छ । श्रेष्ठको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास जुस उत्पादन गर्ने मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रा.लि नामक उद्योग सञ्चालनमा छ । यो उद्योगबाट रामेछाप जिल्लाका विभिन्न स्थानमा फलेका जुनारको स्क्वास जुस उत्पादन हुन्छ । यो उद्योगबाट उत्पादित जुनारको स्क्वास जुस अहिले रामेछापको कोसेलीका रूपमा प्रख्यात छ । श्रेष्ठको उद्योग लगायत अन्य उद्योगहरूले उत्पादन गरेको जुनारको जुस रामेछापबाट अन्यत्र पाहुना लाग्न जाने र अन्यत्रबाट रामेछाप पाहुना रूपमा आउनेहरूको आफन्तलाई लाने मुख्य कोसेली बनेको छ । यही उद्योगबाट श्रेष्ठ अहिले चार करोड रुपैयाँ भन्दा बढीको मालिक बन्नुभएको छ ।
संसारमा मुल्याङकन गर्न नसक्ने भनेको आमा र आमाको माया रहेछ । आज आमाले विदेश जान इन्कार नगरेको भए मेरो जीवनमा यति धेरै परिवर्तन आउँदैन थियो होला । सायद मेरी आमाले मेरो वैदेशिक यात्राको बाटोमा पूर्णविराम नलगाइदिएको भए आज म यो अवस्थामा हुन्न थी होला ।’’
Advertisement
‘त्यस बेला घरको आर्थिक अवस्था धेरै कमजोर थियो । गाउँमा खान लाउनकै समस्या थियो । आर्थिक अवस्था कमजोर भएकै कारण घरको अवस्था सुधार गर्न ८ कक्षा पढ्दा पढ्दै सानै उमेरमा पैसा कमाउने बाटोमा लागियो । तर खाएर बचेको दैनिक २५ रुपैयाँले खर्च चलाउने अवस्था आएन ।’’
१८ वर्ष अघि कलिलै उमेरमा जुनारसँग खेल्न लाग्नु भएका श्रेष्ठ जुनारसँग खेल्दा खेल्दै रामेछापका सफल उद्यमी बन्न सफल हुनुभएको हो । श्रेष्ठले २०६३ सालमा १७ वर्षको उमेरमा स्थानीय जुनार कृषि सहकारीमा जुनारको जुस बनाउने काम गर्नुभएको थियो ।
। त्यस बेला स्थानीय जनकल्याण माविमा कक्षा ८ मा पढ्दा पढ्दै घरको आर्थिक अवस्थाका कमजोर भएकै कारण पढाइ छाडेर उहाँ जुनारको जुस बनाउने काममा लाग्नुभएको थियो । यो सहकारीमा श्रेष्ठले दुई वर्ष काम गर्नुभयो । यहाँ काम गर्दा खाएको र बसेको सबै कटाएर त्यस बेला दैनिक २५ रुपैयाँ मात्रै बचत भएको उहाँ सम्झनुहुन्छ । उहाँले भन्नुभयो ‘‘त्यस बेला घरको आर्थिक अवस्था धेरै कमजोर थियो । गाउँमा खान लाउनकै समस्या थियो । आर्थिक अवस्था कमजोर भएकै कारण घरको अवस्था सुधार गर्न ८ कक्षा पढ्दा पढ्दै सानै उमेरमा पैसा कमाउने बाटोमा लागियो । तर खाएर बचेको दैनिक २५ रुपैयाँले खर्च चलाउने अवस्था आएन ।’’ अहिले त्यही दैनिक २५ रुपैयाँ कमाई हुने कामबाट प्राप्त भएको सिपले जीवनमा ठुलो परिवर्तन ल्याएको उहाँले बताउनुभयो ।
कुखुरा पालनबाट झन्डै ६ लाख ऋण
दैनिक बच्ने २५ रुपैयाँले मात्रै घर परिवारको खर्च धान्न नसक्ने भएपछि श्रेष्ठले २०६५ सालमा सहकारीमा गर्दै आएको काम छाड्नुभयो । त्यसपछि उहाँ कुखुरा पालन व्यवसायमा लाग्नुभयो । आफूसँग भएका केही पैसा र गाउँ घरको चर्को ब्याजमा ऋण खोजेर उहाँले २०६५ सालबाट सदरमुकाम मन्थलीमा कुखुरा पालन व्यवसाय सुरु गर्नुभयो ।
तर श्रेष्ठलाई कुखुरा पालन व्यवसाय फापेन । कुखुरा पालन व्यवसायबाट राम्रो कमाई हुन्छ भन्दै लोभिनुभएका श्रेष्ठलाई उल्टै ऋण लाग्यो । २०६५ सालदेखि २०६७ सालसम्म तीन वर्षको अवधिमा कुखुरा पालन व्यवसायबाट श्रेष्ठलाई झन्डै ६ लाख रुपैयाँ ऋण लाग्यो ।
त्यसपछि आफ्नै माटोमा कृषि कर्मबाट केही गर्ने मनसाय सहित कृषि कर्ममा लाग्नुभएका श्रेष्ठलाई थेग्नै नसक्ने गरी ऋण लागेपछि धेरै समस्याहरूले घेरा हाल्यो । पारिवारिक बाध्यतामा श्रेष्ठ २०६३ सालमा १७ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिसक्नु भएको थियो । परिवारको बोझ र व्यवसाय गर्दाको ऋण श्रेष्ठलाई थेग्न निकै मुस्किल भयो । त्यसपछि उहाँमा सबै कुरा त्यागेर थप ऋण खोजेर विदेश जाने सोच पलायो । विदेश जानका लागि ऋण पनि खोज्नु भयो । उहाँले भन्नुभयो ‘‘त्यस बेला विदेश जाने भनेपछि ऋण पत्याउन समस्या थिएन । विदेश जानि भनेपछि गाउँमा ऋणमाथि ऋण पनि दिन्थे । तर ब्याज चाही चर्कै तिर्नुपथ्र्याे ।’’
विदेश जानका लागि ऋण खोजेर एक लाख ४० हजार रुपैयाँ पैसाको जोहो गरेपछि आमासँग सल्लाह गर्दा आमाले विदेश जान नदिएको उहाँ सम्झनुहुन्छ । ‘‘पैसा जम्मा गरेर आमासँग विदेश जान लागेको आमा भन्दा मिठो मसिनो, सिस्नो, ढिँडो जे छ त्यही खाएर आफ्नै देशमा केही गर । विदेश जाने कुरा म सँग गर्दै नगर भन्दै आमा रुनु भयो । सायद म कान्छा छोरा भएर पनि आमाले अलि बढी नै माया गर्नु भएको हो कि । रोएर, कराएर वा अर्ति उपदेश दिएर आमाले विदेश जानै दिनु भएन ।’’
विदेश जान लिएको एक लाख ४० हजार ऋण लगानीबाट ४ करोडको मालिक
परिवारको बोझ र ऋणको भारीले थेग्न नसक्ने भएका श्रेष्ठको विदेश जाने र धेरै पैसा कमाएर ऋण तिर्ने र परिवारमा खुसी दिने सपना पनि आमाले पूर्णविराम लगाइदिनुभयो । त्यसपछि श्रेष्ठ विदेश नजाने र आफ्नै देशमा केही गरी पैसा कमाउने बाटाहरूको खोजीमा लाग्नुभयो । त्यस बेलको समयमा कुनै पनि कामबाट छिट्टै र धेरै पैसा कमाउने बाटाहरू श्रेष्ठले देख्नुभएन । ३६ प्रतिशत व्याजमा लिएको ऋणको ब्याज दिन प्रति दिन बढिरहेको थियो । त्यही ऋण र ब्याजको कसरी तिर्ने भन्ने पिरै पिरको बिचबाट श्रेष्ठको मनमा एउटा व्यवसाय सुरु गर्ने आट पलायो । आफूसँग भएको सिपलाई प्रयोग गरी फेरी कृषि कर्मसँगै जोडिएको व्यवसाय सुरु गर्ने सोच श्रेष्ठको मनमा फुर्योे । त्यसपछि उहाँले विदेश जान ऋण लिएको एक लाख ४० हजार रुपैयाँको लगानी गरी २०६८ भदौबाट सदरमुकाम मन्थलीमा जुनारको स्क्वास जुस उत्पादन गर्न थाल्नुभयो ।
उहाँले भन्नुभयो ‘‘ मलाई त्यो दिन अझै राम्रोसँग याद छ । आफ्नै गाउँको तल्लो घर माथ्लो घरमा फलेका ४० बोरा जुनार जम्मा गरेर बसको छतमा राखेर मन्थली ल्याएको । त्यही ४० बोरा जुनारबाट उद्योग सुरु गरेको । अहिले मेरो जीवनका ती सङ्घर्षका दिनहरू कथा जस्तै बनेका छन् । ’’
त्यति बेला ३६ प्रतिशत व्याजमा ऋण लिएको एक लाख ४० हजार लगानीबाट सुरु गरिएको उद्योग वार्षिक पाँच करोड रुपैयाँ सम्मको कारोबार गर्ने भएको उद्योग सञ्चालक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘संसारमा मुल्याङकन गर्न नसक्ने भनेको आमा र आमाको माया रहेछ । आज आमाले विदेश जान इन्कार नगरेको भए मेरो जीवनमा यति धेरै परिवर्तन आउँदैन थियो होला । सायद मेरी आमाले मेरो वैदेशिक यात्राको बाटोमा पूर्णविराम नलगाइदिएको भए आज म यो अवस्थामा हुन्न थी होला ।’’
कोरोना महामारी अगाडीसम्म १३ जना कर्मचारीलाई वर्षभरि रोजगारी दिइरहेको उद्योगले कोरोनापछि भने अहिलेसम्म चार देखि पाँच जनालाई मात्रै वर्ष भरिनै रोजगारी दिएको उहाँले बताउनुभयो । ‘‘कोरोना आउनु भन्दा पहिला राम्रो थियो । त्यसभन्दा पहिला वर्षमा सबै कटार ४० लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो । कोरोनाले यो उद्योगलाई धेरै नै असर ग¥यो । अहिले जुनार उत्पादक किसानलाई मारबाट बचाउन र उद्योग टिकाउन मात्रै भैराछ ।’’
अहिलेसम्म यो उद्योगबाट कति कमाउनु भयो नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो‘‘ कमाई कति भयो भनेर त के भन्नु । घर, घडेरी, उद्योग सबै गरी चार करोड जति कमाइयो होला ।’’ श्रेष्ठको उद्योगबाट अहिले जुनार, बेल, कागती, अमला, किवीको स्क्वास जुस उत्पादन भइरहेको छ । यहाँबाट उत्पादन भएको स्क्वास जुस रामेछाप, दोलखा, सिन्धुली र ओखलढुङ्गा जिल्लाका विभिन्न बजार लगायत बर्दिबास, हेटौँडा, चितवन, काकडभित्ता, काठमाडौँ लगायतका बजार क्षेत्रमा पुग्ने गरेको छ ।
प्रतिक्रिया