रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा लघु जीवन बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शनिवार लघु जीवन बिमा अभिकर्ता तालिम दिएको हो । तालिममा २३ जनाको सहभागिता थियो । तालिममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ मार्केटिङ अफिसर अशोक कुमार कुवरले लघु जीवन बिमा योजनाका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो । उहाँले लघु बिमा के हो, यो बिमाको महत्त्व, उद्देश्य लगायतका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले एक दमै न्यून आए भएका सीमान्तकृत वर्ग एवं पिछडिएका समुदायको बिमामा पहुँच पु¥याउने उद्देश्यले लिबर्टी माइक्रो लाइफले म्यादी लघु जीवन बिमा लेख अन्तरगत विभिन्न योजनाहरू ल्याएको बताउनुभयो । यो बिमा अत्यन्तै सरल र किफायती बीमालेख भएकाले अनलाइनको माध्यमबाट सजिलै खरिद गर्न सकिने उहाँले बताउनुभयो । उहाँले समृद्धि कवच म्यादी लघु जीवन बिमा योजना र समृद्ध भविष्य लघु जीवन बिमा योजना ल्याएको बताउनुभयो । न्यून आए भएका सीमान्तकृत वर्ग एवं पिछडिएका समुदायको बिमामा पहुँच पु¥याउने उद्देश्यले सञ्चालनमा रहेको यो बिमा कम्पनीको रामेछापको मन्थलीमा चाडै ब्रान्च सञ्चालन हुने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली ब्रान्च म्यानेजर सन्तोष श्रेष्ठले बताउनुभयो । ब्रान्च सञ्चालन भएपछि रामेछापका सबै स्थानीय तहहरूसँग आवश्यक समन्वय गरेर जिल्लाका न्यून आए भएका सीमान्तकृत वर्ग एवं पिछडिएका समुदायलाई बिमाको पहुँचमा ल्याइने उहाँले बताउनुभयो ।
मन्थलीमा लघु जीवन बिमा अभिकर्ता तालिम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया