चितवनमा हावाहुरीले करिब १२ करोड रुपैयाँ बढीको केराखेती नष्ट

चितवन, जेठ २१ । हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण २ हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका क्षेत्रमा लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ । पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो ।

Advertisement

सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानले लगाएको केराखेती पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए ।

नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले बताए । जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । महासचिव पन्तका अनुसार चितवनमा सात सय किसानले केराखेती गरेका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च