रामेछाप । जेठ मसान्तसम्म सबै पालिकाको अधिवेशन सम्पन्न गर्ने कार्य नीति अनुसार नेकपा एमाले रामेछापले अहिले वडा तथा पालिका अधिवेशनलाई तीव्रता दिएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगर कमिटीले यही जेठ २५ गते शुक्रवार दोस्रो नगर अधिवेशन तोकेको । भव्य र सभ्य ढङ्गले नगर अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयनका लागि नगर पार्टी तथा जिल्ला कमिटीका पदाधिकारीहरू पार्टीले तय गरेको जिम्मेवारीमा सक्रिय रूपमा लागेका छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा मङ्गलवार सम्म १३ वटा वडा अधिवेशन सम्पन्न गरी नयाँ वडा कमिटी तथा प्रतिनिधि छनौट गरिएको मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले बताउनुभयो । उहाँका अनुसार अब मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको अधिवेशन गर्न बाकी रहेको र ५ नम्बर वडा कमिटीमा पनि जेठ २३ गते बुधवार अधिवेशन गरी नयाँ वडा कमिटी चयन तथा प्रतिनिधि छनौट गरिने उहाँले बताउनुभयो । मङ्गलवार मन्थली नगरपालिका–९ पुरानागाउँमा राम बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ वडा कमिटी बनाइएको छ । यसअघिका वडा कमिटीका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षता र नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य एवं मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको दोस्रो वडा अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ वडा कमिटी चयन गरेको हो ।
नयाँ वडा कमिटीको उपाध्यक्षमा नरेन्द्रराज गिरी, सचिवमा धनलाल तामाङ, उपसचिवमा रामशरण बोहरा र नन्दमाया कमिनीलाई चयन गरेको छ । कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य एवं मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, एमाले रामेछापका सचिव प्रकाश कुमार कार्की, मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे र पुरानागाउँका निर्वाचित वडा अध्यक्ष गोकर्णराज आरणले आवश्यक निर्देशन सहितको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Advertisement
प्रतिक्रिया