रामेछापको मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण हुने

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण हुने भएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्घ संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागेको हो । सांस्कृतिक सङ्ग्रहालय निर्माण अभियानको सहजिकरण गरिरहेको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रले मङ्गलवार मन्थलीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँकी सीता सुनुवारले नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मन्थली नगरपालिका–२ आकाशे स्थित सेफ हाउस मुनि सात रोपनी जमिनमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागिएको बताउनुभयो । सांस्कृतिक सङ्ग्रहालय निर्माण भएपछि रामेछापमा पर्यटन विकास हुनुका साथै सांस्कृतिक अध्ययन स्थलको निर्माण हुने र सामाजिक चेतना र स्वास्थ्य स्तरमा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने अध्यक्ष सुनुवारले बताउनुभयो ।
उहाँले मन्थली नगरपालिकाको २०८० पौष १० गते बसेको २० औँ नगर कार्यपालिकाको बैठकले सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि आपतकालिन सेवा केन्द्र (सेफ हाउस )को पश्चिम तर्फको जग्गा सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेकाले विभिन्न सङ्घ संस्था र दातृ निकायहरू लगायतका सङ्घसंस्थाको सहयोग तथा स्थानीय तह प्रदेश र सङ्घीय सरकारका साथै अन्य विभिन्न संस्थाहरूको सहयोग तथा सक्रियतामा सांस्कृतिक सङ्ग्रहालय भवन बनाउन लागिएको बताउनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रले एक वर्षदेखि सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेकाले नगरपालिकाले जग्गाका लागि सम्बन्धित निकायमा सिफारिस गरेको बताउनुभयो । नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्नु अत्यावश्यक रहेकाले यसको निर्माणका लागि मन्थली नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको अभियान उपयोगी भएकाले मन्थली नगर कार्यपालिकाले प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च