मन्थली अस्पतालमा पहिलो पटक एपेंडीसाइटिसको शल्यक्रिया

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पतालमा जिल्लामै पहिलो पटक एपेंडीसाइटिसको शल्यक्रिया गिरएको छ । खाँडादेवी गाउँपालिका-४ की २० वर्षीया  एक महिलाको विहिवार सफलता पुर्वक एपेंडीसाइटिसको शल्यक्रिया गरिएको मन्थली अस्पतालले जनाएको छ । सर्जन डाक्टर केशव धामीको नेतृत्वमा MDGP&EM डाक्टर समिर क्षेत्री, MDGP&EM JR3 डाक्टर बुद्धिनाथ शाह , एनेस्थेसिया सहायक निर्मल प्रसाद राजबंशी, नर्सिङ स्टाफहरु लक्ष्मी बि.क. र अन्जु कार्की लगायतको टोलिले शल्यक्रिया गरेको मन्थली अस्पतालले जनाएको छ । मन्थली नगरपालिकाले सञ्चालन गिररहेको यो अस्पताललाई ५० शय्याको प्रदेश स्तरी अस्पताल बनाउने बागमती प्रदेश सरकारले घोषणा गरिसकेको छ ।

मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट सञ्चालन गरिरहेको छ । यो अवधिसम्म मन्थली अस्पतालले विभिन्न सेवाहरूको विस्तार गरिसकेको छ । सेवा विस्तार भएसँगै अस्पतालको सेवा लिने सेवाग्राहीको चाप झन् बढ्दो मात्रामा छ । अहिले दैनिक २०० भन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेला लिइरहेका छन् । मन्थली अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च