विद्यार्थी अभाव भएपछि मन्थली नगरपालिकाले आठ विद्यालयको तह घटायो, एउटा विद्यालय बन्द

रामेछाप । विद्यार्थी नभएपछि रामेछापको मन्थली नगरपालिका–२ टेकानपुरमा सञ्चालित एउटा विद्यालय बन्द गरिएको छ । उक्त वडामा रहेको ताम्रा कौशीका आधारभूत विद्यालय नगरको सामुदायिक शिक्षा सुधारका लागि बनाइएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि बन्द गरिएको हो । नगर शिक्षा समितिले बनाएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि ताम्रा कौशीका आविलाई बालकन्या आविमा समायोजन गरी बाल ताम्रा कौशीका आवि नामाकरण गरी सञ्चालन गरिएको मन्थली नगरपालिका–२ टेकानपुरका वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘मन्थली नगरपालिका–२ मा रहेका ताम्रा कौशिका आवि र बालकन्या आविको व्यवस्थापनका विषयमा सरोकारवालासँग व्यापक छलफल गरिएको छ । दुवै विद्यालयलाई समायोजन गरी बालकन्या आवि भएको स्थानमा बाल ताम्रा कौशिका आवि धारापानी राख्ने निर्णय भएको छ । अहिले विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापनको काम भइरहेको छ ।’’ वडाले ताम्रा कौशीका आधारभूत विद्यालयको भवनमा स्वास्थ्य चौकी सञ्चालन गर्ने तयारी गरिरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

१४ वटा वडा रहेको मन्थली नगरपालिकाले विद्यार्थी सङ्ख्या नपुगेका ८ सामुदायिक विद्यालयको तह घटुवा गरेको छ । सामुदायिक शिक्षा सुधारका लागि नगर शिक्षा समितिले तोकेको मापदण्ड भन्दा थोरै विद्यार्थी भएका ८ वटा सामुदायिक विद्यालयको कक्षा घटाएको हो । विद्यार्थी अभाव झेल्दै आएका आधारभूत र माध्यमिक गरी ८ वटा विद्यालयमा कक्षा घटाइएको र विद्यार्थी सङ्ख्या न्यून भएका दुई वटा विद्यालयलाई बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने नगर शिक्षा समितिले निर्णय गरेको मन्थली नगरपालिकाका सूचना अधिकारी एवं सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो ।

Advertisement

१४ वटा वडा रहेको मन्थली नगरपालिकाले विद्यार्थी सङ्ख्या नपुगेका ८ सामुदायिक विद्यालयको तह घटुवा गरेको छ । सामुदायिक शिक्षा सुधारका लागि नगर शिक्षा समितिले तोकेको मापदण्ड भन्दा थोरै विद्यार्थी भएका ८ वटा सामुदायिक विद्यालयको कक्षा घटाएको हो । विद्यार्थी अभाव झेल्दै आएका आधारभूत र माध्यमिक गरी ८ वटा विद्यालयमा कक्षा घटाइएको र विद्यार्थी सङ्ख्या न्यून भएका दुई वटा विद्यालयलाई बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने नगर शिक्षा समितिले निर्णय गरेको मन्थली नगरपालिकाका सूचना अधिकारी एवं सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो ।
‘नगरपालिकाको शिक्षालाई व्यवस्थित बनाउन नगर शिक्षा समिति लागि परेको छ, यो शैक्षिक सत्रबाट विद्यार्थी सङ्ख्या न्यून भएका वडा नं ३ मा रहेको कालीदेवी आधारभूत विद्यालय ठुलिमदौ र वडा नं ७ भटौलीमा रहेको नवचन्द्र आधारभूत विद्यालय पात्लेलाई यसअघि सञ्चालन हुने कक्षा घटाएर बाल विकास केन्द्रका रूपमा सञ्चलन गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।
नगरपालिकाले वडा नं ४ मा रहेको भीमेश्वर आधारभूत विद्यालय डाँडा गाउँ, वडा नं ५ मा रहेको शिवज्योती आधारभूत विद्यालयमा कक्षा ४ र ५ घटाउने निर्णय गरेको छ । त्यसै गरी वडा नं ६ भलुवाजोरमा रहेको कालिका माध्यमिक विद्यालय, वडा नं ११ मा रहेको मनकामना माध्यमिक विद्यालय नाटिला, वडा नं १० मा रहेको हरिसिद्धी माध्यमिक विद्यालय चनखु, वडा नं १४ मा रहेको हरिसिद्धि माध्यमिक विद्यालय चौकीघरमा कक्षा ९ र १० घटुवा गर्ने निर्णय भएको छ । वडा नं ९ पुरानागाउँको पुण्य आधारभूत विद्यालय र वडा नं १३ को साँखे आधारभूत विद्यालय देविटारमा कक्षा ६ देखि ८ सम्म घटुवा गर्ने निर्णय गरेको छ ।
भौगोलिक विकटता, सामाजिक, आर्थिक लगायतका विभिन्न परिवेशले गर्दा विद्यार्थी सङ्ख्या न्यून हुँदा हुँदै पनि कतिपय विद्यालयहरू सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले त्यस्ता विद्यालयहरूलाई विशेष विद्यालयका रूपमा सञ्चलन गर्ने निर्णय भएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । विद्यार्थी सङ्ख्या न्यून भएकै आधारमा विद्यालय सञ्चालन नगर्दा त्यहाँका बालबालिकाहरू शिक्षा बाट नै वञ्चित हुनुपर्ने अवस्था देखिएकोले नगर शिक्षा समितिले नौ वटा विद्यालयहरूलाई विशेष विद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको सङ्ख्या घट्ने अवस्थामा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले ८ विद्यालयको तह घटाइएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । ‘नगरपालिकाले शिक्षा क्षेत्रका सुधारका लागि नगर शिक्षा समितिले विद्यालयको आवश्यक अध्ययन गरी विद्यालय मापदण्ड अनुसार विद्यालयको तह घटाइएको हो’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो । मन्थली नगरपालिकामा आधारभूत र माध्यमिक गरी ६७ वटा विद्यालय सञ्चालनमा छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च