टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काको लगातार दोस्रो हार, बङग्लादेशको विजयी सुरुवात

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा बङग्लादेशले श्रीलङ्कालाई दुई विकेटले हराएको छ । श्रीलङ्काले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको बङग्लादेश १९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । बङग्लादेशका टोहिड हृदोयले सर्वाधिक ४० रन बनाए । लिटन दास ३६ रनमा आउट भए । श्रीलङ्काका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेट लिए । डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो । उसका पाथुम निसांकाले सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भाले २१ रन जोडे । समूह ‘डी’ मा श्रीलङ्काको यो लगातार दोस्रो हार हो । श्रीलङका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । यही समूहमा रहेको नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले श्रीलङ्कासँग मङ्गलवार अमेरिकाको फ्लोरिडामा खेल्नेछ । टी–२० विश्वकपमा आज बेलुका नेदरल्यान्डस् र दक्षिण अफ्रिका तथा समूह ‘बी’ का अस्ट्रेलिया र इंग्ल्यान्ड खेल्दैछन् । इंग्ल्यान्ड टी–२० विश्वकपको साविक विजेता टोली हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च