मलेसियामा मृत्यु भएका माझीको परिवारलाई रिलायबलले दियो १४ लाख रुपैयाँ दाबी भुक्तानी

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थली नगरपालिका–७ भटौलीका भीमबहादुर माझीको मृत्यु दाबी भुक्तानी गरेको छ । ३४ वर्षीय माझीको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको थियो । माझी मलेसियामा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका थिए । स्वर्गीय माझीले मलेसिया जाँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा अनलाइनबाट ट्रीम पोलिली गर्नुभएको थियो । सोही पोलिली मार्फत शनिवार मन्थलीमा आयोजित एजेन्सी एड्भाइजरलाई उत्प्रेरणा तथा सम्मान कार्यक्रमका बिच स्वर्गीय माझीकी श्रीमतीलाई कम्पनीले १४ लाख रुपैयाँ रकम मृत्यु दाबी भुक्तानी दिएको हो ।

भुक्तानी बापत १४ लाख रुपैयाँ रकमको चेक स्वर्गीय माझीकी श्रीमती निशा भण्डारी माझीलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युवराज शर्मा र बागमती प्रदेश प्रमुख सुरेन्द्र थापाले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कम्पनीका सिनियर म्यानेजर शर्माले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापना कालदेखि अहिलेसम्म ४ अर्ब रुपैयाँ भन्दा बढी रकमा दाबी भुक्तानी गरिसकेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८०÷०८१ को चैत महिनासम्म कम्पनीले ९३ करोड रुपैयाँ भन्दा बढी रकम दाबी भुक्तानी गरिसकेको बताउनुभयो ।

Advertisement

यसअघि सो कार्यक्रमका सहभागी एजेन्सी एड्भाइजरलाई सिनियर म्यानेजर शर्माले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको परिचय, नेपालमा यो बिमा कम्पनीको अवस्था लगायतका बारमा जानकारी गराउँदै बिमाको महत्त्व अनि बिमासँग जोडिएका विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । उहाँले बिमाको आवश्यकता र महत्वका बारेमा अझै बुझाउन आवश्यक रहेकाले यसका बारेमा एजेन्सी एड्भाइजरहरुले आवश्यक अध्ययन गर्न अत्यावश्यक रहेको बताउनुभयो । मन्थली ब्रान्चका प्रमुख पवन घिमिरेको अध्यक्षता र सिनियर म्यानेजर युवराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने ११ जना एजेन्सी एड्भाइजरहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा ५० जना एजेन्सी एड्भाइजरहरुको सहभागिता रहेको थियो । २०६४ मङ्सिर १८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बिमा प्राधिकरणबाट जीवन बिमा व्यवसाय सञ्चालन अनुमति प्राप्त गरी २०७४ भदौ १५ गतेबाट कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हाल देशभर ११७ वटा ब्रान्च सञ्चालनमा छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च