केही दिनअघि भारतीय जनता पार्टी (भाजपा) की लोकसभा सांसद तथा अभिनेत्री कंगना रनावतलाई सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी कुलविन्दर कौरले थप्पड हानेकी थिइन्।
कंगनालाई थप्पड हानेपछि उक्त सुरक्षाकर्मीलाई निलम्बन समेत गरिएको छ। यसै विषयलाई लिएर समाजिक सञ्जालमा विभिन्न धारणा आइरहेको छ।
Advertisement
कतियपयले कंगनालाई समर्थन गरेका छन् भने कतिपयले सुरक्षाकर्मी कुलविन्दर कौरलाई समर्थन गरेका छन्। यस घटनामा भारतीय संगीतकार तथा गायक विशाल ददलानीले दिएको प्रतिक्रिया चर्चामा आएको छ।
‘म कहिले पनि हिंसाको समर्थन गर्दिनँ। तर यस सिआइएसएफ महिला अफिसरको रिसलाई बुझ्छु। यदी उनीविरूद्ध कुनै एक्सन भयो भने म उनलाई जागिर दिन्छु। जय हिन्द! जय जवान! जय किसान!,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।
Advertisement
किसानको अनादर गरेको भन्दै सुरक्षा जाँच गर्ने क्रममा चण्डीगढ एयरपोर्टमा उनले कंगनालाई थप्पड हानेकी थिइन्।
प्रतिक्रिया