भाइरल जमाना….

भाइरल जमाना….
सुचना तथा सञ्चार प्रविधिको तिब्र विकास सङ्गै अहिले मानिसहरुको दैनिकी ,व्यवहार पनि फेरिएको छ । साथी भाइ, आफन्त अनि परिवार भन्दा बढी समय मानिहरु अचेल सामाजिक सन्जालमा बिताईरहेका हुन्छन । हुनत सामाजिक सन्जालका धेरै सकरात्मक पक्षहरु छन जस्लाई हामिले नजर अन्दाज गर्नु हुन्न र यसका नराम्रा पक्षलाई पनि हामिले भुल्नु भने हुदैन । सामाजिक सन्जाल अहिलेको समयमा यति ठूलो शशक्त माध्यम बनेको छ कि कतिपय असम्भव कुरालाई पनि सम्भव बनाईरहेको छ ।
सामाजिक सन्जाल शशक्त माध्यम र ब्रान्ड विकास गर्ने माध्यम बनिरहदा यसको सहि प्रयोग गरेर फाइदाले पनि धेरै छन त्यस्तै यसको दुरुपयोग गरेर आफुअनुकुल फाइदा लुट्नेहरुको पनि उल्लेख्य सङ्ख्या मा वृद्धि भईरहेको छ । कुनै पनि कुराको राम्रा र नराम्रा गरि दुबै पक्ष त अवश्य हुने नै भए ।
सामाजिक सन्जाल मा विभिन्न लहर अथवा अभियान चलिरहेका हुन्छ्न । कुन ब्यक्ती कति बेला भगवान बन्छ र कति बेला राक्षस बन्छ यो सामजिक सन्जालले नै निर्णय गर्छ । एउटा यस्तो लहर छ जस्ले कुनै ब्यक्ती लाई सन्जाल मार्फत भगवान जस्तै बनाईन्छ उस्ले गरेका हरेक काम राम्रा भन्दिनु पर्ने , उस्को विरोध नै गर्न नहुने, उस्को विरुद्ध एक शब्द लेख्दा पनि गाली गर्नेहरुको झुन्ड नै आएर खनिन्छ्न मानौ उ कहिले गलत हुदैन उस्ले गल्ती नै गर्न सक्दैन । फेरि एउटा यस्तो सन्जाल हुन्छ जस्ले कुनै ब्यक्ती लाई दानव जसरी प्रस्तुत गरिरहेका हुन्छन । राम्रो काम गर्दा पनि नराम्रै हुने । जे गरे पनि नाटकै लाग्ने मानौ उस्ले जीवनमा कहिले नराम्रो गर्ने कसम नै खाएको छ । यस्तो भाइरल र पपुलारिटी भनेको अस्थायी कुरा हुन । आज तपाईं हुनुहुन्छ भोलि अर्को हुन्छ । आज रातारात सन्जालले हिरो बनाएका ब्यक्तीलाई भोलि यहि सन्जालले खराब पात्रका रुपमा पनि चित्रण गर्न सक्छ ।
यी भाइरल पपुलारिटी भन्ने कुरा अस्थायी कुरा हुन । सधै भरी एउटै ब्यक्ती हुन सक्दैन । समय र परिस्थिती अनुसार परिवर्तन भईरहन्छन । नेपालको परिबेषमा हेर्ने हो भने कुनै बेला वावही पाएका ब्यक्ती लाई अहिले विभिन्न ट्याग दिएर नराम्रो भनिरहेका छन यस्ता सयौ उदाहरण छन ।
भाइरल र पपुलारिटी का लागि काम गर्ने हैन । भाइरल अनि पपुलारिटी सिजन अनि समय जस्तै हो जुन परिवर्तन भइरहन्छ। भाइरल हुनकै लागि काम गरेको जस्तो देखाउने , फोटो खिच्नकै लागि सहयोग गर्ने, क्यामेराको अगाडि रोए पछि सबै समस्याको समाधान हुन्छ भन्ने जस्ता कुराहरु भाइरल हुने तरिका हुन ।
पपुलारिटी कमाउनु मात्र ठूलो कुरा हैन त्यस्लाई टिकाइ राख्नु ठूलो कुरा हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च