रामेछाप । रामेछापमा लागु पदार्थ सेवन गरी सवारी चलाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेक जाँचका क्रममा सदरमुकाम मन्थलीबाट आइतबार नियन्त्रणमा लिइएको तीन जना चालकहरू माथि रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याथ लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीले चितवनको भरतपुर महानगरपालिका–१६ घर भएका ना ८ ख ७१८१ का मालवाहक ट्रक चालक वीरेन्द्र मगर, महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३ घर भएका बा प्र ०१–००४ क १४२१ का जेसिबि चालक विजय परियार र भक्तपुर चाँगुनारायण नगरपालिका–१० घर भएका बा प्र ०६–००१ ज ०१७० नम्बरको यात्रुवाहक विद्युतीय भ्यान चालक सुनिल रञ्जितकारलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका तीनै जनामाथि अहिले लागू औषध सेवन गरी सवारी साधन चलाएकोले नियन्त्रणमा लिई राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा ७ दिन म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो‘‘जिल्ला प्रहरी कार्यालयको विशेष सक्रियतामा मन्थली अस्पतालसँगको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मन्थली नगरपालिका–१ भैशेश्वरमा लागु पदार्थ सेवन (ला.प.से.) चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा लापरबाही गरी सवारी चलाई रहेको अवस्थामा शङ्का लागेपछि सोधपुछ गर्दा ड्युटीमा खटिएका प्रहरीलाई असहयोग गरी बाधा अवरोध गरे । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले लागु पदार्थ सेवन (ला.प.से.) चेकजाँच कार्य अभियानकै रूपमा सुरु गरिएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताउनुभयो ।
लापसे गरी सवारी चलाउने तीन जनामाथि राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा अनुशन्धान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया