ठाउँमै विवाद नमिल्दा खाँडादेवी गाउँपालिकाको दुई वडा कार्यालय भवन बन्न सकेन

रामेछाप । वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने बारेमा वडावासीबिचको विवादले रामेछापको खाँडादेवी गाउँपालिकाको दुई वडा कार्यालयको भवन बन्न सकेको छैन । कार्यालय भवन निर्माण गर्ने स्थानलाई लिएर वडावासीबिच कुरा नमिल्दा खाँडादेवी गाउँपालिकाको वडा नं २ र ७ को कार्यालय भवन बन्न नसकेको हो । विवाद नमिल्दा चालु आर्थिक वर्ष २०८०÷०८१ मा वडा नं २ को कार्यालय भवन निर्माणका लागि गाउँपालिकाले विनियोजन गरेको बजेट समेत खर्च हुन सकेन ।
कार्यालय भवन बनाउने ठाउँका बारेमा स्थानीयबिच विवाद नमिल्दा अहिलेसम्म वडा नं २ र ७ नम्बर वडाको कार्यालय भवन बनाउने प्रक्रिया नै सुरु नभएको गाउँपालिकाको भौतिक पूर्वाधार शाखाका सब–इन्जिनियर गोकर्ण खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘गाउँपालिकाको २ र ७ नम्बर वडामा कार्यालय भवन बनाउने ठाउँका बारेमा विवाद छ । वडा नं २ को कार्यालय भवन बनाउन यो वर्ष गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर कार्यालय बनाउने ठाउँका बारेमा वडावासीबिच विवाद हुँदा काम हुन सकेन ।’’ नौ वटा वडामध्ये खाँडादेवी गाउँपालिकामा अहिलेसम्म ६ वटा वडाको कार्यालय भवन निर्माण सम्पन्न भएको र वडा नम्बर ५ पकरबासको भवन निर्माणको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार खाँडादेवी गाउँपालिका अहिले सम्म वडा नं १, ३, ४, ६ ८ र ९ नम्बर वडाको कार्यालय भवन निर्माण भइसकेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च