रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा दुई जना हेरालु (पाले) लाई डोरीले बाँधेर घाँटीमा खुकुरी तेर्साएर बुद्ध चित्तको दाना चोरी भएको छ । मन्थली नगरपालिका–९ का दीपक सुनेलको बारीमा रहेको ३ लाख ५० हजारमा बैना भएको बुद्ध चित्तको दाना गयराति चोरी भएको मन्थली नगरपालिका–९ पुरानागाउँका वडा सदस्य राम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार केही समय पहिला वडा कार्यालयसँग समेत समन्वय गरी बुद्ध चित्त धनी सुनेल र काभ्रेका मिलन लामाबिच तीन लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने सहमति भई बैना भएको थियो ।
बैना मारेपछि काभ्रेका लामाले दुई जना बुद्ध चित्तको दाना हेरालु समेत राखेका थिए । तर गयराति अन्दाजी साढे १२ बजेदेखि एक बजेतिरको समयमा दुई जना बुद्ध चित्तको दाना हेरालुलाई डोरीले बाँधेर घाटीमा खुकुरी तेर्साएर डर धम्की दिएर बुद्ध चित्तको दाना चोरी भएको वडा सदस्य श्रेष्ठले बताउनुभयो ।
अपरिचित समूहले बुद्ध चित्तको दाना चोरेर लगेपछि हेरालुहरुले राति साढे १ बजेको समयमा प्रहरीलाई फोन गरी घटना बारेमा जानकारी गराएको भन्ने कुरा आएको वडा सदस्य श्रेष्ठले बताउनुभयो । वडा सदस्य श्रेष्ठका अनुसार मङ्गलवार प्रहरी चौकी फुलवासीबाट आएको प्रहरी टोलीले घटनाका बारेमा बुझेका छन् । प्रहरी आएपछि आफू पनि घटना स्थलमा पुग्दा बुद्ध चित्तको हाँगा भाँचेर दाना जति सबै टिपेर लगेको देखिएको वडा सदस्य श्रेष्ठको भनाइ छ ।
रामेछापको पुरानागाउँमा दुई जना पालेलाई बाँधेर बुद्ध चित्तको दाना चोरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया